सन्धिखर्कमा राष्ट्रिय दलित पत्रकार संघको पहिलो अधिवेशन कार्यक्रम सम्पन्न, अध्यक्षमा सागर परियार निर्वाचित

२०७७ फाल्गुन ३, सोमवारमा प्रकासित
बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची शाखाको पहिलो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।   साथै अधिबेशनबाट सागर परियार जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । 
यस्तै उपाध्यक्षमा कृष्ण परियार , सचिब आयान बिस्वकर्मा , कोषाध्यक्षमा सारदा नेपाली , सह सचिबमा गणेश नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।  
साथै सदस्यहरुमा सरु बि क, श्रीजना नेपाली ,  बिक्रम नेपाली , सुनिल परियार , रमिता नेपाली , रेशम बि क , संतोष सुनार ,प्रेम हिताङ , सीता बि क, सुदिप नेपाली , बिजय नेपाली, रेखा बि.क  लगायतको १७ सदस्यीय   कार्यसमिति सर्वसम्मत  निर्बाचित भएका छन् । 
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित पत्रकारहरुमा योग्यता, क्षमता र दक्षता हुँदा हुँदै पनि उचित ठाउँ नपाएको बताउनु भएको छ । राष्ट्रिय दलित पत्रकार संघ सबै अट्ने साझा चौतारी भएको बताउँदै उहाँले दलित समुदायहरुको हक र अधिकार प्राप्तिका लागि संस्था जन्मिएको बताउनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची शाखाको पहिलो अधिवेशन कार्यक्रमको उद्घाटन शत्रमा मन्तव्य राख्दै दलित समुदायका हरेक अधिकारी कुण्ठिन हुने काम मात्र भएकाले आवाज बुलन्द गर्न दलित पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव सुर्य प्रसाद भुसाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, कार्यक्रममा प्रगतिशिल पत्रकार संगठनका केन्द्रीय सदस्य श्याम घिमिरे, रराष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीका अध्यक्ष टंक सुनार, राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनि प्रदेशका अध्यक्ष चिन्ता परियार, चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ, समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली, संयुक्त दलित अधिकार संजालका अध्यक्ष बिष्णु परियार लगायतले अधिवेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन शत्रको कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनि प्रदेश सह सचिव राधा नेपालीको अध्यक्षता, केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता, अनिल नेपालीको स्वागत र सागर परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।