केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभरका विधालयमा आज बसन्त पन्चमी अर्थात सरस्वती पुजा देश भर विद्याकी देवी सरस्वतीको पुजा अर्चना गरि मनाइएको छ ।
हिन्दु ज्योतिष शास्त्र अनुसार चिसो शिशिर ऋतुको समाप्तीसँगै सुन्दर वसन्त ऋतुको आजबाट सुरुवात भएको छ । यतिन्जेल चिसोको कारण कठ्यांगृएका बोट बिरुवाका पालुवाहरु अब पलाउन शुरु गर्दछन् ।
विशेष गरि आजको दिन बिद्ध्याकी देवि सरस्वतिको पुजा सङै बालबालिकाहरुलाइ अक्षारारम्भ पनि गराउने गारिन्छ ।
विशेष गरि आजको दिन बिद्ध्याकी देवि सरस्वतिको पुजा सङै बालबालिकाहरुलाइ अक्षारारम्भ पनि गराउने गारिन्छ ।
यसैबिच अर्घाखाँचीका ६ पालिकामा रहेका बिधालयहरुले पनि आज धुमधाम रुपले सरस्वती पुजाको आयोजना र शुभ अक्षरारम्भ गरि मनाएका छन । आजको दिनमा नयाँ भर्ना गर्ने बालबालिकाहरुलाइ विशेष छुटको ब्यबस्था बिधालयहरुले गरेका छन् ।