कृष्ण खनाल
केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड न . २, ३ बल्कोट र ४ केरुङ्गाको नेपाल शिक्षक संघ वार्ड समितिको अधिबेशन आज सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ छत्रदेब ४ का अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षतामा सम्पन्न भएको भेलाले २,३ बल्कोट र ४ केरुङ्गाको कार्य समिती गठन गरेको हो ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह सचिब कृष्ण खनालको प्रमुख आतित्यथामा भएको भेलामा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल , जिल्ला कार्य समितिका उपाध्यक्ष नेत्र प्रसाद पोख्रेल, जिल्ला कार्य समितिका सचिब अर्थ कृष्ण प्रसाद अधिकारी र छ्त्रदेब नेपाल शिक्षक संघका अध्यक्ष कैलास कुमार श्रेष्ठको बिशिस्ट अतिथीको उपस्थिति रहेको थियो ।
भेलाले छत्रदेब ४ को कार्य समितिको अध्यक्षमा मित्रमनी खनाल, उपाध्यक्ष साबित्रा पन्थी, शोभित मल्ल, सचिब रुद्र प्रसाद पौडेल ,सचिब अर्थ लिलाधर पान्डे,सह सचिब दुर्गा श्रेष्ठ ,खिमानन्द भुसाल, सदस्यमा राधा पान्डे,सिताकुमारी पौडेल ,बिमला खनाल र कृष्ण प्रसाद पौडेल रहनु भएको छ ।
त्यसैगरी छत्रदेब ३ मा अध्यक्ष लक्षमन सापकोटा ,उपाध्यक्ष सिता काफ्ले,सचिब पोमनारायन आचार्य , सचिब अर्थ कमला खनाल,सह सचिब पम्फा पान्डे सदस्यहरूमा होमनाथ पन्थी,तारा मरासिनी , देबकला पान्डे र ठाकुर सापकोटा रहनुभएको छ भने २ न. वडाको अध्यक्ष मा यमलाल पान्डे र उपाध्यमा शान्ता पौडेल रहनुभएको छ ।
नबनिर्बाचित कार्यसमितिलाई नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह सचिब कृष्ण खनाल भएको भेलामा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल , जिल्ला कार्य समितिका उपाध्यक्ष नेत्र प्रसाद पोख्रेल, जिल्ला कार्य समितिका सचिब अर्थ कृष्ण प्रसाद अधिकारी र छ्त्रदेब नेपाल शिक्षक संघका अध्यक्ष कैलास कुमार श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रमको सन्चालन नेपाल शिक्षक संघ छत्रदेबका सचिब ज्ञान प्रसाद पान्डेले गर्नुभएको थियो।