मैदानमा आज बसन्त पन्चमीदेखि बाल कक्षा संचालन

डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम, व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ मैदानमा लामो समय देखी संचालनमा रहेको विद्यालय केही वर्षयता विविध कारणले वन्द भएको थियो । यो विद्यालय वन्द हुदा यस क्षेत्रका विद्यार्थीलाई प्रतक्ष्य रुपमा समस्य परेको थियो । 
यसै विषयलाई मध्यनजर गर्दै स्थानीय शिक्षाप्रेमी वेदराज घिमिरे लगायतकोपहलमा तत्काल स्थानीय अभिभावक को सहयोगमा पठनपाठन संचालन हुनेभएको छ ।
पाणिनि गाँउ पालिका वडा नं ०५ मैदानको कृष्ण मावीको स्थापना स्थल मानिने केन्द्र मैदानमा वाल कक्षा संचालन गर्ने गरी आज श्री पंचमी देखी सरस्वतीको पुजा आजा सहित कक्षा सुरु भएको छ । 
विक्रम सम्वत् २०११ मा स्थापना भई विचमा विविध कारणले वन्द भएको विद्यालयमा पुनः पढाई हुने गरी कक्षा संचालन गरिएको समाजसेवी नेत्र प्रसादगैरेले वताउनु भएको छ । तत्काल यस विद्यालयमा पुस्पा घिमिरे ले वाल कक्षामा पढाउने निर्णय भएको छ । यस स्थानमा पुरानो स्कूल भएको भवन छदाछदै पनीपढ़ाई भएको थिएन । अन्य विद्यालयमा जसरी नै विहान १० वजे देखी २ वजेसम्म पढ़ाई हुने छ । श्रीपंचमी को दिन देखी १८ जना विद्यार्थी भर्ना भएकोवेदराज घिमिरेले वताउनु भएको छ ।
यस क्षेत्रका वालवालिकाको लागी वाल कक्षा संचालन गर्न अनुमति माँग गरीवडा कार्यालयमा पत्र आएपछि आवश्यक कानुनी प्रकिया सुरु गरेको पाणिनीगाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे ले अर्घाखाँची डटकम्लाई वताउदै पहलकर्ता सवैलाई धन्यवाद दिनु भएको छ । यस क्षेत्रमा विद्यालयआवश्यक भएको स्वीकार गर्दै आवश्यक कानुनी प्रक्रिया अवलंब गरी विद्यालयचलाउदा राम्रो हुने भनाई रहेको छ । तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्।

अन्य समाचारहरु