अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची फाल्गुन ५ । अर्घाखाँची जिल्लामा प्रजातन्त्र दिवस २०७७ बिबिध कार्यक्रम गरि मनाउने सर्बपक्षिय बैठकको निर्यण भएको छ ।
तत्कालीन जहाँनियराणा शाशकका विरुद्ध उत्रेको जनलहरका सामु राणा शाशनको केही लागेन , जनताको आबाज र तागत को अगाडि केही समय पनि बन्दुकका गोलि टिक्न सकेनन् तत्कालीन राणा शाशकको विरुद्ध नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो त्यही दिन २००७ साल फाल्गुन ७ गते थियो ।
यसै दिनको सम्झनामा आज प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को अध्यक्षता मा बसेको सर्बपक्षिय बैठक ले विभिन्न कार्यक्रम गरि दिबस मनाउन लागेको हो।
बैठकले जिल्ला स्थित स्थानीय रेडियो लगायत सम्पुर्ण संचार माध्यमहरुमा प्रजातन्त्र दिबस २०७७ को सन्देश मुलक सुचना प्रशारण गर्न अनुरोध गर्ने , फाल्गुन ६,७ र ८ गते जिल्ला स्थित सरकारी तथा सर्बजनिक निकाय हरुमा रास्ट्रिय झन्डा फरफराउने तथा साझ दिपावली गर्ने , ७ गते बिहान ७.३० बजे जिल्ला प्रशासन कार्यलय परिसर बाट रास्टिय झन्डा सहित प्रभातफेरी गर्दै टुडिखेल शान्तिबगैचा लगायत का क्षेत्रहरुमा सरसफाइ गरि पुन टुडिखेलमा पुगि शुभकामना आदानप्रदान गरिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यलय अर्घाखाँची का सुचना अधिकारी ( साप्रजिअ ) बिक्रम थापा ले बताउनु भएको छ।