घनु गाहा
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको सिलिङखाेलामा आजदेखि शहरी स्वास्थ्य केन्द्रकाे एक कार्यक्रमको विच उद्घाटन भएको छ ।
सिलिङखाेला शहरी स्वास्थ्य केन्द्रकाे सुचारू वार्ड नं. ९ का अध्यक्ष भिम बहादुर केसीले गर्नु भएकाे हाे । भूगोलको हिसाबले पहाडी भेगकाे विकट क्षेत्रमा स्वास्थ्य केन्द्रकाे सुचारू भएपछि स्थानिय भने खुसी भएका छन ।
कार्यक्रमलाइ सम्बाेधन गर्दै वडा अध्यक्ष केसीले स्वास्थय केन्द्रलाइ आवश्यक सहयाेग उपलब्ध गराउने बताउनु भएकाे छ । सबैको साथ सहयोगले सेवा सुचारू भएको उहाँले बताउनु भयाे । जनताको प्रतिनिधि जनताको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व भएको अध्यक्ष केसीले बताउनु भयाे । कार्यक्रममा थप बोल्दै केसीले स्वास्थ्य केन्द्रका लागि सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भयाे । दुर्गम मानिएको उक्त क्षेत्रमा स्वास्थ्य केन्द्रकाे सुचारू भएपछि स्थानियहरुले सेवा लिन सक्ने केसीकाे विश्वास रहेकाे छ ।
कार्यक्रम वडा सदस्य डिलिसरा रानाकाे अध्यक्षता वडा अध्यक्ष भिम बहादुर केसीकाे प्रमुख आतिथ्यता, वडा सदस्य खुम बहादुर लुइचेकाे विशिष्ट आतिथ्यमा सम्पन भएको थियाे भने कार्यक्रमकाे संचालन वकिल रानाले गर्नु भएकाे थियाे ।