२०७७ फाल्गुन ५, बुधवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा केही दिनका लागि बिजुली अवरुद्ध हुन सक्ने भएको छ ।
नेपाल बिधुत प्राधिकरण जिल्ला शाखा अर्घाखाँचीको प्राबिधिक फाँटले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार आज बुधवारदेखि लगातार झिमरुक तर्फ खिल्जीसम्म र सन्धिखर्कदेखि गुल्मीको बिर्बाससम्म लाइनको मर्मत सम्भार तथा लाइन वरपर बुश कटिङ (रुखका हाँगा काट्ने) कार्य गर्नुपर्ने भएकोले केही दिनका लागि बिजुली अवरुद्ध हुन सक्ने भएको हो ।
साथै जिल्लामा लाइनको मर्मत सम्भार तथा लाइन वरपर बुश कटिङका कारण बिजुली अवरुद्ध बढिमा एक हप्तासम्म हुन सक्ने अर्घाखाँची केन्द्रले बताएको छ । तर रुट फरक फरक हुँदा लाइन धेरै दिन अबरुद्ध नहुने पनि उल्लेख गरिएको छ ।
उता अर्घाखाँची बितरण केन्द्रको प्रमुखमा स्वच्छ छविका मिहिनेती, इमान्दार किरन खनाल आएपछि बिद्धुत आपूर्तिमा पनि सहज नियमित भएको छ ।
विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति, अन्य प्राप्त सुविधा पनि नभएको देखिन्छ । तरपनि यहाँका कर्मचारीहरु दिनरात सेवामा खटिएका देखिन्छन् । यस्तै पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम भईरहेका छन् ।