अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी जिल्ला कमिटीको बैठकले विरोध कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
नेकपा अर्घाखाँची जिल्ला कमिटी सचिब ठाकुर कुमार बिकको अध्यक्षता, पार्टी नेता तथा लुम्बिनी प्रदेश कमिटी सदस्य छमकुमारी खनाल,कार्यालय सदस्य राजेन्द्र भुसाल, प्रेमनारायण गैरे,भबिस्वर पाण्डे, सरोज भुसाल, संघर्ष समिति सह-संयोजक ठाकुर सौराग समेतका नेताहरूको उपस्थीतिमा बैठकले विरोध कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
आज सन्धिखर्कमा बसेको बैठकले बर्तमान केपी ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदम तथा महगी, भ्रस्टाचार,हत्याहिंसा,बलात्कार बिरुद्धका संघर्षका कार्यक्रमहरु तथा पार्टीको संगठनात्मक क्षेत्रको कामको सन्दर्भमा पनि निर्णयहरु गरेको छ ।
केन्द्रीय संघर्ष समितिद्वारा प्रतिगमन बिरुद्धमा सार्बजनिक गरिएका चौथो चरणका संघर्षका सम्पूर्ण कार्यक्रमहरु जिल्ला गाउँ/नगर र वार्ड तहमा प्रभावकारी रुममा सम्पन्न गर्न मातहतका कमिटीहरुलाइ निर्देशन गरेको छ ।
यस्ता छन् निर्धारित विरोध कार्यक्रमहरु:
१.फागुन ७ गते सबै वडामा झण्डा ब्यानर सहित प्रतिगमन विरुद्धका कार्यक्रमहरु गर्ने (सबै वडामा आबश्यक झण्डा ब्यानरहरु जिल्लाबाट पठाउने) ।
२. फागुन ७ गते देखी १५ गते सम्म सन्धिखर्क स्थित शान्ति बगैचा चोक लगायतका सार्बजनिक स्थलहरुमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदमका बिरुद्धमा हस्ताक्षर संकलन गरिने छ । यो कार्यक्रम ७ गते ११ बजे सन्धिखर्क शान्ति बगैंचाबाट सुरु गरिने छ ।
३.फागुन ९ गते अनेम संघको आयोजनामा प्रतिगमन,हत्या हिंसा र बलात्कारका विरुद्ध जिल्लामा महिलाहरुको बिरोध कार्यक्रम गर्ने ।
४.फागुन १० गते दलित मोर्चाको आयोजनामा जिल्लामा बिरोध कार्यक्रम गर्ने ।
५.फागुन ११ गते सास्कृतिक झाकिहरु सहित प्रदर्शन गर्ने ।
६ युबा बिद्यार्थी लगायतका विभिन्न पेशागत मोर्चा संगठनहरुको अगुवाईमा बर्तमान केपी ओलि सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदमका बिरुद्धमा बिरोधका सिर्जनात्मक कार्यक्रमहरु गर्ने ।
७.सबै वडामा तत्काल बैठक,भेला तथा अन्तरकृया कार्यक्रम गर्नकालागी सम्बन्धित वडामा रहनुभएका जिल्ला कमिटी सदस्य कमरेडहरुले आबश्यक संयोजन तथा सहजीकरण गर्नुहुनेछ । यस अघिको बैठकबाट पालिका तहमा सहजीकरणको जिम्मेवारी तोकिएका कमरेडहरुले सबै पालिकामा संघर्ष र पार्टीकामको संयोजन निरन्तर गरिरहनु हुनेछ । थप जनशक्ति आबश्यक परेको अबस्थामा जिल्ला कार्यालयबाट गरिने छ ।