ठाडामा २५० जनाले काेराेना बिरुद्धकाे खाेप लगाए

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्थित ठाडामा जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुले आज दाेस्राे चरणमा काेराेना बिरुद्धकाे खाेप लगाएका छन् । 
शितगंगा नगरपालिकामा पहिलाे चरणका स्वास्थ्यकर्मी स्वास्थस्यमसेबिका हरुले काेराेना बिरुद्धकाे खाेप लगाए सँगै आज दाेस्राे चरणमा २५० जनाले काेराेना बिरुद्धकाे खाेप लगाएकाे शितगंगा नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । आज नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा वडा अध्यक्ष कार्यपालिका सदस्यहरुले खाेप लगाएका छन यस्तै नेपाल प्रहरिहरु तथा सरकारी कर्मचारीहरुले समेत आज काेराेना खाेप लगाएका हुन ।
साथै शितगंगा नगरपालिकाले मैले के कोभिड १९ बिरुद्धकाे खाेप लगाए तपाईं नि ? अभियान शुरु गरेको छ ।     
खाेप लगाए पछि ज्वराे आउने टाउकाे दुख्ने जस्ता लक्षण देखिन सक्ने भएकाेले नआज त्तिन डाक्टरहरुले सुझाव दिएका छन । अन्य स्वास्थ समस्या हुन सक्ने भन्दै अस्पतालमा चिकित्सक सहित उपचारकाे ब्यवस्थापन सहित तयारी गरिए पनि खाेप लगाउनेहरुमा कुनै समस्या नआज एकाे स्वास्थ्यशाखाले जनाएकाे छ ।
यसअघि नगरपालिकाका अग्रपंक्तिमा रहने स्वास्थकर्मी सरसफाइकर्मी लगायतका लागि पहिलाे चरणमा १६० जनामा खाेप लगाइएकाे थियाे । प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विपिन ढकालले पहिलाे खाेप लगाएर ओैपचारिक सुरु गर्नुभएकाे थियाे लगताै आज उपस्थित १६० जनामा खाेप लगाएका थिए
खाेपलगाएकाहरु सम्पर्कमा रहेकाे र कुनै नकारात्मक असर अहिले सम्म नरहेकाे बताईएकाे छ । यस्तै खाेपलगाएका जनप्रतिनिधि हरुले कुनै नकारात्मक असर नगरेकाे बताएका छन । असर गर्ने भन्दै धेरै हल्ला चलाउने गरिए पनि काेराेना बाट बच्न ढुक्क भएर खाेप लगाउन नगर प्रमुख सुर्य प्रसाद अधिकारिले अनुराेध गर्नु भयाे ।

अन्य समाचारहरु