अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १० जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ३ जना, शितगंगा नगरपालिकामा २, भूमिकास्थानमा १ र मालारानीमा ४ रहेका छन् । साथै छत्रदेव र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८, भूमिकास्थान नगरपालिकामा १३५, मालारानीमा ९०, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७७८ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७३ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १३१, मालारानीमा ८५, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।