जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा शुक्रवार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रजातंत्र दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तरगत तहगत मा.वि, नि.मा.वी स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मा प्रा.वि तहमा ४ टिम, नि.मा.वि तहमा ४ टिम र मा.वि तहमा ९ टिम सहभागी भएका थिए । विद्यालयका सहायक प्र.अ. तारा प्रसाद भुसालको संयोजकत्वमा भएको प्रतियोगितामा मा.वि तहमा युयान्सु खड्काको टिम प्रथम सुरज पाण्डेको टिम दृतीय र अल्सन खड्काको टिम तृतिय भएका थिए ।
हाजिरीजवाफ प्रतियोगिताको नतिजा प्रकाशन प्राबिधिक धार कमप्युटर इन्जिनीयरीङतर्फका सयोजक जीवन खनालले गर्नुभएको थियो भने संचालन सहायक प्र.अ तारा प्रसाद भुसाल र प्रबिधीक धार कम्प्युटर इन्जिनीयरीङतर्फ का सहायक प्रशिक्षक जय बहादुर रोकायले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको समापन गर्दै विद्यलयका प्र.अ मान बहादुर पाण्डेले प्रतीयोगीतामा सहभागिहरुको उत्साहजनाक ऊपस्थिति भएको भन्दै धन्यवाद तथा शुभकामना व्यक्त र्गर्दै यस्ता क्रियाकलाप तथा कार्यक्रमहरुले विद्यार्थी हरुलाई शैक्षिकरुपमा तथा धेरै कुरामा फाइदा पुग्ने बताउनु भएको थियो ।
उक्त प्रतियोगिता कार्यक्रममा विद्यालयका सहायक प्र.अ माधव प्रसाद पन्थी, धनिराम भुसाल, मुनाल खड्का, छबिलाल घिमिरे, रेशम भुसाल, विकाश कुँवर लगाएत अन्य शिक्षकहरुको ऊपस्थिति तथा सहजीकरण रहेको थियो ।