बाँगीको श्री शान्ती माविमा आइरन चक्की तथा फोलिक एसिड वितरण

जय बहादुर रोकाय 
बाँगी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगी आरुखोरको श्री शान्ती माध्यमिक विद्यालयले शुक्रबार किशोरीलाई आइरन चक्की र फोलिक एसिड वितरण गरेको छ । बिद्यालयले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाएको हो।
जिल्लाको मालारानी गाउँपालिकामा विद्यालय र समुदायमा किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने कार्यक्रम अन्तरगत शान्ती मा.वी मा पनी आइरन चक्की तथा फोलिक एसिड वितरण भएको हो । विद्यालयमा उमेर समूह १० देखी १९ बर्षसम्मका कक्षा ६ देखी कक्षा १२ सम्मका १७५ जना किशोरीहरुलाई आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको हो । जसअन्तरगत कक्षा ६ मा १९ जना, कक्षा ७ मा १६ जना, कक्षा ८ का २४ जना, कक्षा ९ साधारण धारतर्फका २० जना, कक्षा ९ प्राविधिक धारतर्फका १६ जना, कक्षा १० साधारण धारतर्फका १४ जना, कक्षा १० प्रविधिक धारतर्फका २१ जना, कक्षा ११ का २८ जना र कक्षा १२ का १७ जना गरि जम्मा १७५ जना किशोरीहरुलाई आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले जानकारी दिनुभएको छ। 
रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार शान्ती मा.वि मा पनी आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको विद्यलयका शिक्षक बसन्त खड्काले जानकारी दिनुभयो।
शिक्षक खड्काले औषधि खुवाउनुपूर्व किशोरीलाई रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो, रक्तअल्पताका कारणमध्ये आइरनको कमी एक प्रमुख कारण हो भनेर विध्यार्थीहरुलाई जानाकारी गराउनु भएको थियो ।
तेह्र हप्तासम्म खुवाइसके पश्चात सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौँ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ ।