हंसपुरको लौरीमा विभिन्न पार्टी परित्याग गरि ११५ जना कांग्रेसमा प्रवेश

प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिक वार्ड नम्बर-६ हंसपुरको लौरीमा ११५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाको दुई तिहाई  सरकारले लज्जाबोध हुनेगरी गतिविधी गरेको भन्दै विभिन्न पार्टी परित्याग गरि ११५ जना नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस सभापती बिष्णु मुस्कानले जानकारी दिनुभयो ।
 
हंसपुरका दामोदर अधिकारी, बल बहादुर परियार, जिवन बिक, कमल थापा, गोपाल जिसी, निमान सिंह लगायत ११५ जना पार्टिमा भित्रिएका हुन् ।
 
पार्टिमा प्रवेश गर्नेलाई स्वागत गर्दै सभापती मुस्कानले कम्युनिष्टहरु बाट देशले निकास नपाउने बताउनु भयो । देशलाई दुख पर्दा र कुनै अफ्ठ्यारो परिस्थितीमा सँधै कांग्रेसले काँध थाप्ने गरेको उहाँले बताउनु भयो । कांग्रेस सँधै जनताको साथमा रहेको उहाँको भनाई छ ।
उप सभापति शान्ता भण्डारी , महासमिति सदस्य केशब श्रेष्ठ , संगठन बिभाग प्रमुख कृष्ण खनाल, जिल्ला सदस्य सीता भुसाल , कांग्रेस मालारानी संयोजक शोभाखर खनाल, तरुण दल अर्घाखाँची काठमाडौं सम्पर्क समितिका अध्यक्ष अर्जुन पोख्रेल , नेपाली कांग्रेस कपिलवस्तु  अर्घाखाँची सम्पर्क समिती सभापति तुल्सी घिमिरे, नेपाली कांग्रेस बन बिभाग सदस्य सन्जय खनाल , हंसपुर सभापति गोपाल जि सि, निमान सिंह राउत, दामोदर अधिकारि, कमल थापा लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापती मेयर सिंह राउतको अध्यक्षता, सभापती बिष्णु मुस्कानको प्रमुख आतित्थया, कमल राउतको स्वागत मन्तव्य र बल बहादुर राउतको संचालनमा सम्पन्न भएको हो ।