खनदहमा कांग्रेस निकट नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न

 
अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालारानी गाउपालिका वार्ड नम्बर ३ खनदहमा कांग्रेस निकट नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ ।  
नेपाल शिक्षक संघ मालारानीका अध्यक्ष शोभाखर खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका सचिब नन्दराम भट्टराई प्रमुख अथिती , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष सारदा भट्टराई , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह-सचिब कृष्ण खनाल, नेपाली काङ्रेस मालारानिका संयोजक शोभाखर खनाल बिशिस्ट अतिथि , पुर्ब श्रोत ब्यक्ती बिष्णु पोख्रेल , प्रधानाध्यापक भोजराज रिजाल अथिती रहनुभएको सो सभामा नेपाल शिक्षक संघ मालारानिका अध्यक्ष शोभाखर खनालले बार्सिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
           
नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका सचिब नन्दराम भट्टराई नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष सारदा भट्टराई , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह-सचिब कृष्ण खनाल, नेपाली काङ्रेस मालारानिका संयोजक शोभाखर खनालले उक्त कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
                                 
 उक्त कार्यक्रममा नेपाल रास्टिय शिक्षक सङठन परित्याग गरि नर्मदा खनाल शिक्षक संघ मा प्रबेश गर्नुभएको थियो ! उक्त कार्यक्रमको सन्चालन नेपाल शिक्षक संघ मालारानिका अध्यक्ष कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।