गरे हुँदो रहेछ | सन्धिखर्कको मिर्मिरे टोलका महिलाहरु टोल सरसफाईमा सक्रिय (फोटो सहित)

दीपेन्द्र पौडेल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मिर्मिरे टोलका महिलाहरु टोल सरसफाईमा सक्रिय भएका छन् । 
आफ्नो टोल आफै सफा राखौं सभ्यता र वातावरण संरक्षण गरौं भन्ने मूल नाराका साथ मिर्मिरे टोलका महिलाहरुले टोल सरसफाई अभियान अन्तर्गत सक्रिय बाटो-बाटो, चोक – चोकमा फोहोर व्यवस्थापनको लागि बाँसका डस्पिन राखेका हुन् । 
गाउँ फोहोर मैला अव्यवस्थित भएको भन्दै मिर्मिरे टोलका महिलाहरुले स्थानीय  श्रोत साधनको प्रयोग  गरेर पलास्टिकको सट्टा बाँसका डस्पिन बनाएका छन् । उनिहरु भन्छन्; आफ्नो टोलको सरसफाई  गर्नको लागि वार्ड, नगरपालिकाको मुख ताकेर  टोल नगर सफा हुँदैन सफाईमा संग्लन सबैको एउटै आवाज थियो । 
टोलसुधारका सक्रिय महिलाबाट जिल्लाका सबै वार्डले पाठ सिकुन भन्ने सन्देश मिर्मिरे टोलका महिलाहरुले दिएका छन् ।  
उता नगरपालिकाले यस टोलको फोहोर ब्यावस्थापनमा चासो नदिदा फोहर आफै स्थानीय ब्यवस्थापन गर्ने अवस्था आएको छ, फोहर बोक्ने गाडी पनि आउँदैन भन्ने उनिहरुको गुनासो छ । यहाँका महिलाले नियमित टोल सरसफाईमा सक्रिय भएका छन् । 

अन्य समाचारहरु