सहयोगी बि. सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ अर्घाको बिहारमा श्री शान्ती कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले हरि प्रसाद भुसालको अध्यक्षतामा ७ सदस्यीय समितिको सर्बसम्मत चयन गरेको छ।
जसको उपाध्यक्षमा बिष्णुहरी भुसाल सचिबमा डिल्लीराज भुसाल कोषाध्यक्षमा पदम क्षेत्री सदस्यमा चन्द्र प्रसाद भुसाल कृष्ण प्रसाद भुसाल ,नारायण चुँदाली शारदा रायमाझी,गोमा श्रेष्ठ रहनु भएको छ।
सन्धिखर्क १० बिहार बगैंचामा बनभोज सहित भएको अधिबेशनमा अध्यक्ष द्वारा प्रस्तुत सांगठनिक तथा परिमार्जित बिधान र बिनियम प्रस्ताव समिति संयोजक चन्द्र प्रसाद भुसाल द्वारा प्रस्तुत संस्थाको आयब्यय तथा लेखा सम्बन्धि प्रतिवेदन पारित गरिएको थियो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष पदम क्षत्री ,सल्लाहकार सदस्य भरतमणि पोखरेल, संस्थापक सेयर सदस्य कबिराम खनाल ,सहयोगी बि . सि. लगायतले कृषि सहकारी स्थापनाले आय आर्जनमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गर्नुभएको थियो।
साधारण सभाले संस्थामा हाल ६७ सेयर सदस्य बाट १०० सेयर सदस्य पुर्याउने र मासिक रूपमा एकहजार जम्मा गर्ने निर्णय समेत गरेको छ।
संस्थाले अन्य सहकारी संस्था संग समन्वय गरि विभिन्न कृषि सम्बन्धि तालिम प्रशिक्षण समेत दिने जानाकारी गराईएको थियो।
अधिबेशनले धर्मराज अधिकारी टोपलाल भुसाल ( तारा ) भुसाल, बिष्णु बहादुर रायमाझी, भरतमणी पोखरेल नरेन्द्र कुँवर रहेको सल्लाहकार समिति गठन गर्नुको साथै बिष्णुहरी भुसाल,नारायण चुँदाली ,गोमा रायमाझी रहेको ऋण उपसमिति ,चन्द्र प्रसाद भुसाल यमलाल भुसाल रहेको लेखा उपसमिति कृष्ण प्रसाद भुसाल तारक रायमाझी रहेको शिक्षा उपसमितिको समेत गठन गरेको छ।
कार्यक्रम कार्यबाहक अध्यक्ष बिष्णुहरी भुसालको अध्यक्षता र कृष्ण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो।