ठाडाको रजियाका एक युवाद्धारा आफ्नै बुवाकाे हत्या गर्ने प्रयास, फरार छोराको खाेजी गर्दै प्रहरी

झनक के.सी 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाको रजियाका एक युवाले आफ्नै बुवाकाे हत्या गर्ने प्रयास गरेका छन् । 
ठाडाको रजियाका ३२ बर्षिय राम प्रसाद बेल्वासेले  आफ्नै ५९ बर्षिय बुवा डाेल प्रसाद बेल्वासेलाई बिहीबार राति कुटपिट गरि  घाँटी थिचेर हत्या गर्ने गर्ने प्रयास गरेका हुन् ।
आफ्नै छाेराले मध्य रातमा घरेलु हतियार प्रयाेग गरि हत्याकाे प्रयासबाट टाउकाे, घाँटी  र हात खुट्टामा चाेट लागेर गम्भीर घाइते डाेल प्रसाद बेल्वासेकाे अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे आकस्मिक कक्षमा उचार भईरहेकाे घाइते डाेल प्रसादका भाई कृष्णप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसको युवा दस्ता तरुण दल शितगंगाका नेता समेत रहेका राम प्रसाद बेल्वासेले यस अघि पनि पटकपटक बाबुलाई कुटपिट गरि घाइतेको बनाएकाे घाइते डाेल प्रसादका भाइ कृष्णप्रसादले बताउनु भयाे ।
आफ्नै बुवालाई कुटपिट गरि हत्या गर्न प्रयास गर्ने राम प्रसाद फरार रहेकाले खाेजीका लागि प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

अन्य समाचारहरु