सिद्धाराको लुङ्ग्रीमा आधारभूत कम्प्युटर तथा सिलाई कटाई २ महिने तालिम शुरु

गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ११ सिद्धाराको लुङ्ग्रीमा आधारभूत कम्प्युटर तथा सिलाई कटाई तालिमको हिजो शनिबार उद्‌घाटन भएको छ ।
प्रगतिशिल सामुदायिक वनको आर्थिक सहयोग तथा गुरुकुल टेक्निकल कलेज रुपन्देहीकाे प्राविधिक सहयाेगमा कम्प्युटर तालिम सुरु भएको हाे । दुवै तर्फका तालिम २ महिनासम्म संचालन हुनेछन ।
तालिमको उद्घाटन गर्दै सोही वडाका वडा सदस्य गणेश पुलामीले बेरोजगारी युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पुर्‍याउने बताउनु भयो । तालिम अवधीभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागीहरु लाई आग्रह गर्नुभयो ।
सामुदायिक वनको लक्षित वर्गको कार्यक्रम अन्तर्गत ५ लाख २८ हजार ६ सयको उक्त कार्यक्रम रहेको छ ।
आधारभूत कम्प्युटर तालिममा लुङ्ग्रीका १४ जना र सिलाईकटाई तालिममा १४ जना गरी २८ जनाकाे सहभागीता रहेकाे सामुदायिक वनका अध्यक्ष केशव घर्तीले जानकारी दिनुभएको छ ।
कार्यक्रम सामुदायिक वनका अध्यक्ष केशव बहादुर घर्तीको अध्यक्षता र दिपक पुलामीको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु