अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ अर्घाको श्री रजस्थल माध्यमिक विद्याल रहिसचौरमा ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ।
अनेरास्ववियू अर्घाखाँचीको बिद्यार्थि जागरण कार्याक्रम अन्तर्गत अर्घाको श्री अर्घा रजस्थल माध्यमिक विद्यालय रहिसचौरमा ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको भेला तथा प्रशिक्षण सम्पन्न भएकाे हो ।
भेलाले वसन्त बिश्वकर्माको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ। जसको उपाध्यक्ष,सचीव ,सह-सचीव र कोषाध्यक्षमा क्रमश सिम्रन के सी, रोशना आचार्य, समीर के सी र बिपिन थापा रहेका छन् ।
कार्यक्रम अनेरास्ववियू जिल्ला सचिवालय सदस्य एवं सन्धिखर्क नगर संयोजक गणेश खत्रीको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवं मालारानी गाउपालिका संयोजक बिष्णु चौहानको संचालन र जिल्ला सदस्य पदम के सीको बिशेष उपस्थितिमा सम्पन्न भएको छ।