सुरज घिमिरे
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानका ईश्वरी प्रसाद अधिकारीकी श्रीमती कौशिला अधिकारीको निधनप्रति कांग्रेसका नेताहरूले शोक व्यक्त गर्नु भएको छ ।
आईतवार उहाँकै निवासमा पुगि नेपाली कांग्रेस अर्घाखाँची-कपिलवस्तु सम्पर्क समितीका सभापति तुलसीराम घिमिरे, नेपाल तरुण दल अर्घाखाँची-काठमाडौं सम्पर्क समितिका अध्यक्ष अर्जुन पोख्रेल “संघर्ष”, नेपाल प्रेस युनियनका प्रदेश पार्षद सुरज घिमिरे लगाएतले शोक व्यक्त गर्नु भएको हो ।
साथै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ । अधिकारीको माघ ३० गते ८४ वर्षको उमेरमा निधन भएको थियो । अधिकारी लामो समय देखि विभिन्न रोगबाट ग्रसित हुनुहुन्थ्यो ।