अर्घाखाँचीमा प्रचण्ड-नेपाल निकट दलित र मजदुर संगठनद्धारा बिरोध कार्यक्रम सम्पन्न (भिडियो, फोटो सहित)

केशब राज ज्ञवाली  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दलित र मजदुर संगठनको आयोजनामा सन्धिखर्कमा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्लासमिती अर्घाखाँची र नेपाल दलित मुक्ती संगठन जिल्ला समिती अर्घाखाँचीको संयुक्त आयोजनामा अर्घाखाँचीमा सरकारको विरुद्धमा तथा संसद पुनर्स्थापनाको माग गर्दै झांकी सहित बिरोध कार्यक्रम गरिएको हो ।
पन्चेबाजा सहित निकालिएको बिरोध र्याली सन्धिखर्कको बजार परिक्रमा गर्दै शान्ती बगैंचामा आएर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै बक्ताहरुले बर्तमान सरकार र के . पि . ओलि मजदुर र दलितका हक हितका बिरुद्ध अघि बढिरहेको आरोप लगाए । बक्ताहरुले कोरोना महामारिको बेलामा पनि अलपत्र मजदुरहरुको लागि केही नगरेको बताए ।
दाहाल नेपाल समूह संसद विघटन पछि निरन्तर आन्फोलनमा छ । संसद पुनर्स्थापनाको माग राख्दै घोषणा गरिएका आन्दोलन स्वरुप आजको बिरोध कार्यक्रम भएको हो ।
बिरोधसभामा दलित नेताहरु एमबहादुर नेपाली ,जङ्ग बहादुर परियार , मजदुर युवानेता बाबुराम भुसाल , बिरोध रायमाझी , र दलित मुक्ती मोर्चाका जिल्ला इन्चार्ज गोकुल परियारले सम्बोधन गरेका थिए ।
नेकपा दाहाल नेपाल समुहले आज देखि प्रतिगमनका बिरुद्द लोकतन्त्र स्थापनाका लागि र संसद पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।