अर्घाखाँचीडट्कम संवाददाता
दहखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाको कोप्चेबास, नरपानीमा प्रहरीको दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षिता सवारी आवागमन गराउने उदेश्यका साथ आज शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको कोप्चेबास स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको ट्राफिक चेकिङ टोलिले चालक सह चालक १ पटकमा ३५ जना ,जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको चेकिङ टोलिले सर्बसाधरण १ पटकमा ३० जना गरी २ पटकमा ६५ जनालाई सकडमै जम्मा गरी सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु , सडकमा हिड्दा अपनाउनु पर्ने शब्धानि, सवारी साधनको यान्त्रिक अबस्थाको बारेमा जानकारी ग्रामिण भेगमा सवारी दुर्घटना हुनुको कारण र शाब्धानिको उपाय सम्बन्धि तथा अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो ।
सोही अवसरमा ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।