अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई ढाकावाङ्ग बासीले स्वागत गर्दै दिप प्रज्वलन गरेका छन्।
फागुन ११- सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई ढाकावाङ्ग बासीले स्वागत गर्दै दिप प्रज्वलन गरेका छन्।
प्रतिनिधि सभा पुनःस्थापन भएको खुसियालीमा अर्घाखाँचीको ढाकावाङ्गमा स्थानीयहरु पिपलनेटा बजारमा दिप प्रज्वल गरेका छन्।
दिप प्रज्वलमा नेकपा (प्रचण्ड/माधव) समुहका भुमिकास्थान १ का अध्यक्ष बावुराम खनाल, भुमिकास्थान २ का इन्चार्ज शिव आचार्य, राष्ट्रिय जनमाेर्चा निकट अखिल (छैठौं) का नेता टेकराज भुसाल, भुमिकास्थान १ का निर्वाचित वडा सदस्य गाेपाल नेपाली सहित अन्य स्थानीयहरुकाे उपस्थित रहेको थियाे।