अर्घाखाँचीका पौडेल नेपाल ज्योतिष परिषद्को केन्द्रीय सदस्यमा मनोनीत

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका – ६ धातिवाङ्ग  घर भई हाल काठमाडौ नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा अध्ययनरत विद्यार्थी शिवलाल पौडेल नेपाल ज्योतिष  परिषद्को केन्द्रीय सदस्य पदमा मनोनीत  भएका छन् ।
पौडेल विगत ३ वर्षदेखि परिषद्का हरेक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुने,संगठन सुदृढीकरण, ज्योतिषशास्त्र र ज्योतिषीय क्षेत्रमा पुर्याएको उच्च  मुल्यांकन गरि प्रदेश नम्बर ५ को बुटवलमा सप्पन्न १६ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन – २०७४, सुन्दर नगरी पोखरामा सम्पन्न चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन – २०७५ र काठमाडौमा सम्पन्न भएको १७ औं राष्ट्रिय ज्योतिष सम्मेलन २०७६मा सम्मानीत भएका थिए ।।
उनी नेपाल ज्योतिष परिषद् जिल्ला समिति अर्घाखाँचीको सदस्य,संगठन सचीव हुँदै नेपाल ज्योतिष परिषद्को केन्द्रीय पाँचौ महाधिवेशनमा महाधिवेशन  प्रतिनिधि ( पार्षद ) समेत बनेका थिए ।उनी  केन्द्रीय पार्षद भएकोले रिक्त रहेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव कमल काफ्लेले जानकारी दिनुभयो ।
नेपाल ज्योतिष परिषद्को स्थापना वि.सं २०५५/०९/२४ गते डा.लोकराज पौडेलको नेतृत्वमा गठन भएको हो । अहिले परिषद्को केन्द्रीय समिति , ७ प्रदेश समिति , ७७ जिल्ला समिति र उपत्यका समिति गरि ८६ समितिमा सक्रिय रहि कार्य गर्दै आइरहेको छ । 
उनलाई  थप जिम्मेवारी प्रदान गर्नाले अझ उत्साह र जागरुकता बढ्ने विश्वासका साथ उक्त  जिम्मेवार प्रदान गरिएको केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डेले जानकारी दिनुभयो । पौडेल ज्योतिषका साथसाथै  धर्म,अध्यात्म,राजनीति,पत्रकारीता लगायत हरेक क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता समेत हुन् ।