बाँगीको श्री शान्ति माविमा स्टेसनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न (फोटो सहित)

जय बहादुर रोकाय 
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ५ को सौजन्यमा गाउँपालिकाको वार्ड नम्बर-५, बाँगी अवस्थित श्री शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामान वितरण कार्य सम्पन्न भएको छ । 
वार्ड नं ५ ले उक्त विद्यालयमा अध्ययनरत कक्षा वालविकास देखि कक्षा १० सम्ममा अध्ययनरत सम्पुर्ण विद्यार्थी लाई स्टेस्नरी सामाग्रि वितरण गरिएको हो ।
जस अन्तरगत वालविकास का २१ जना, कक्षा १ का २३ जना, कक्षा २ का २१ जना, कक्षा ३ का २२ जना, कक्षा ४ का ३१ जना, कक्षा ५ का ३१ जना, कक्षा ६ का ४६ जना, कक्षा ७ का ३५ जना, कक्षा ८ का ४३ जना, कक्षा ९ साधारण धार तर्फका ३५ जना, कक्षा ९ प्राविधीक धार तर्फका ३२ जना, कक्षा १० साधारण धारका ४३ जना र कक्षा १० प्राविधीक धार तर्फका ४२ जना गरि सम्पुर्ण विध्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरिएको हो ।
जसमा वालविकास देखि कक्षा ५ सम्मका प्रत्येक विध्यार्थीलाई ६ ओटा कापी र २ ओटा कलम, कक्षा ६ देखी कक्षा ८ सम्मका प्रत्येक विध्यार्थीलाई ८ ओटा कापी र ३ ओटा कलम र कक्षा ९ देखी १० सम्मका प्रत्येक विध्यार्थी लाई १० ओटा कापी र ५ ओटा कलम वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका वाड नं ५ का वडा अध्यक्ष शोभाकर भुसालले विध्यार्थीहरुलाई पढाई प्रति अभिरुची जगाउने र विध्यार्थीहरु पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त स्टेसनरी सामाग्रीहरु वितरण गरिएको बताउनु भएको थियो । त्यस्तै उक्त स्टेसनरी सामाग्री वितरणले शैक्षिक गुणस्तर बृद्दि गर्न सहायोग गर्ने र कुनै कुनै विध्यार्थीहरुको घरको आर्थिक अवस्था दयनीय भएको र तिनिहरुलाई पढाईमा टेवा पुग्ने पुगोस् भन्ने मुल उद्देश्य रहेको पनि बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा अध्यक्ष तथा विद्यालयका प्र.अ मान बहादुर पाण्डेले वडा नं ५ ले सामूदायिक विद्यालयको शैक्षिक स्तर सुधार र विद्यार्थीमा उत्प्रेरणा जगाउने काम गरेको भन्दै सरहाना व्यक्त गर्दै उक्त स्टेसनरी सामाग्रिहरु वितरण गरेकोमा वाड कार्यालयप्रती धन्यवाद एबम् क्रितज्ञता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यलायका प्र.अ मान बहादुर पाण्डे, सहायक प्र.अ माधब प्रसाद पन्थी र तारा प्रसाद भुसाल, वाड अध्यक्ष शोभाकर भुसाल, वाड सदस्य डाल बहादुर चौहान, वाड सचिव दिलिप आचार्य र कम्प्यूटर इन्जिनीयरीङ धारका प्रमुख जीवन खनाल लगाएतले मन्तव्य राख्नु भएको थियो । त्यस्तै शिक्षकहरु अशोक पौडेल, धनिराम भुसाल, झबिन्द्र खड्का, प्राविधिक धार तर्फका प्रशिक्षक विकास कुँवर, सहायक प्रशिक्षक रेशम भुसाल लगाएको उपस्थिति एवंम् स्टेसनरी वितरणमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम विद्यालयका प्र. मान बहादुर पाण्डेको अध्यक्षता, मालारानी गाउँपालिमा वडा नम्बर ५ का वडाध्यक्ष सोभाकर भुसालको प्रमूख आतिथ्यता र विद्यलायका प्रविधीक धार कम्प्यूटर इन्जिनीयरीङ तर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायको सञ्चालनमा सम्पन्न भएको थियो ।