सन्धिखर्कमा संसद पुनर्स्थापनाको खुसियालीमा दीप प्रज्वलन (भिडियो, फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाएर पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूले दीप प्रज्वलन गरेका छन्।
मंगलबार साँझ सर्वोच्चले संसद पुनर्स्थापना गर्नुपर्ने फैसला सुनाएपछि उक्त निर्णयको स्वागत गर्दै ति राजनीतिक दलका नेता तथा कार्यकर्ताले मोटरसाइकल र्याली सन्धिखर्कको शान्ती बगैचामा दीप प्रज्वलन गरेका हुन्।
सर्वोच्चले गरेको फैसलाको समर्थनमा उनीहरूले केहीबेर नारासमेत लगाएका थिए। 
उनीहरूले ‘यो जित कसको जनताको, यो हार कसको ओलीको’, ‘नेपाली जनता हाई हाई, केपी ओली बाइबाई’ लगायतका नारा लगाएका थिए। कोण सभामा संघर्ष समिति संयोजक राम बहादुर चौहान लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।