गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ११ सिद्धारामा जिल्लाभरि समिति गठनको अभियानमा रहेको नेपाल मगर संघले वार्ड समिति गठन गरेको छ ।
मगर समुदायको भेलाले कृष्ण बहादुर पुन मगरको अध्यक्षतामा ९ सदसीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा हरी पल्ली मगर, सचिवमा होम बहादुर घर्ती मगर, सह सचिवमा किरण आले मगर र कोषाध्यक्षमा लिलावती आले मगर चयन भएका छन् । त्यस्तै सदस्यमा मेघराज सारु मगर, तुल बहादुर पल्ली मगर, रमेश पुन मगर, विनोद बुढा मगर चयन भएका छ्न ।
विक्रम पल्ली मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तारा बहादुर सुनारी मगरको अध्यक्षता, मगर संघका जिल्लाका निवर्तमान अध्यक्ष नेत्र बहादुर थापा मगरको प्रमुख आतिथ्यता, नगर अध्यक्ष मानबहादुर सारु मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।