जुकेनाको फुर्सामाटा देउरालीमा कांग्रेसको वार्ड स्तरिय आमसभा कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको फुर्सामाटा देउरालीमा नेपाली कांग्रेसको वार्ड स्तरिय आमसभा कार्यक्रम सम्पन्न भएको छ । 
जुकेनाको फुर्सामाटा देउरालीमा नेपाली कांग्रेस शितगंगा वार्ड नं ५-६-७ को आयोजनामा वार्ड स्तरिय आमसभा आज  बिहीवार कार्यक्रम सम्पन्न भएको हो । 
नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले नेपाली काँग्रेसमा प्रवेश गराउँनुभएको हो । पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दे नेता भुसालले ओलीले गरेको संसद विघटन असंवैधानिक भएको पुष्टि भएको बताएका छन् ।’ नेकपाले सरकार चलाउँन नसकेको आरोप लगाउँदै विकास निमार्णका काम गर्न कुनै विकासको खाका नभएको भुसालले बताए । नेकपाले जनताको मतको सम्मान गर्न नसकेको भन्दै लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार जान लागेको आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, जिल्ला सदस्यहरु हेमन्त बेल्वासे, केशवराज कुवँर, जुनबहादुर पुलामि, कुमार केशव सिंह बेल्वासे, शितगंगा नगरपालिका काँग्रेस संयोजक मोति बेल्वासे, सचिव सुमन्त पौडेल, स्थानिय चन्द्र रेश्मि, महिला नेतृ मिना पौडेल, नेविसंघका डिआर बेल्वासे, स्थानिय नेता फर्सुराम न्यौपाने लगाएतले कम्युनिष्ट सरकारले जनतालाई अलपत्र पारेको आरोप लगाए ।
कार्यक्रम नेपाली काँग्रेसका नेता टामलाल ज्ञवालीको सभापतित्व, गिरि बैजालीको सञ्चालन र काँग्रेस शितगंगा सहसंयोजक चन्द्रमणि बेल्वासेको स्वागतमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु