पोखराथोकको हरिहर संस्कृत तथा साधारण मावीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न (फोटो फिचर)

डिआरजी सुमन
पोखराथोक, अर्घाखाँची  (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाको ऐतिहासिक शैक्षिक धरोहर मानिने हरिहर संस्कृत तथासाधारण मावी मा कक्षा १२ का विद्यार्थीद्धारा कक्षा ११ का विद्यार्थी लाई स्वागतकार्यक्रम सम्पन्न  भएको छ ।
विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पोखरेल को प्रमुख आथित्यता, वरिष्ठशिक्षक ठाकुर प्रसाद गौतम,सहायक प्रधानाध्यापक अर्जुन थापाको विशिष्टआथित्यता, हरिहर शिक्षा क्यामपस प्रमुख डिल्लीराम पोखरेल को आथित्यतारहेको कार्यक्रममा सुदन घिमिरे र पार्वता सारु ले स्वागत मन्तव्य रहेको थियो ।
विद्यालयमा विगतका वर्षहरुमा जसरी स्वागत गर्ने परम्परालाई निरन्तर दिनेउद्देश्य स्वरूप यो कार्यक्रम आयोजना गरिएको शिक्षक डिल्लीराज वेल्वासेलेअर्घाखाँची डटकम् लाई वताउनु भएको छ ।
हरिहर भवनको प्रगाढ़मा सम्पन्न स्वागत कार्यक्रममा उक्त विद्यालयमाअध्ययनरत कक्षा १२ देखी ६० जना तथा कक्षा ११ का ४५ जना विद्यार्थीले अन्यविद्यालय देखी भर्ना हुन आएका  ३६ जना विद्यार्थीलाई अविर तथा खादालेस्वागत गरेका छन ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु