शितगंगा नगरपालिकाका ब्यापारीहरुले शनिबार नै पसलहरु बन्द गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका क्षेत्रका अत्यावश्यक बाहेक अन्य पसलहरु शनिबार बन्द गर्न ब्यापारीहरुले माग गरेका छन् ।  
ब्यापारीहरुले शितगंगा उद्योग वाणिज्य संघका प्रमुखलाई निवेदन लेख्दै यस अघि मंगलबार बन्द गर्ने भनेता पनि उक्त दिन बन्द गर्दा अमराई र ठाडा बजार प्रभावित हुने भन्दै अबदेखि यथावत शनिबार नै बन्द  गर्न माग गरेका हुन् । शितगंगा उद्योग वाणिज्य संघले निर्यण नबदले अवज्ञा गर्ने चेतावनी दिएका छन् ।     
साथै यसअघि  शनिवारका दिन लगाउने हाट बजार अन्य कुनै दिन लगाउन पनि उनिहरुले माग गरेका छन् ।  
स्थानिय ४३ जना ब्यापारीहरुले हस्ताक्षर गरी शनिबार बन्द गर्न ब्यापारीहरुले माग गरेका छन् । 

अन्य समाचारहरु