पाणिनी गाँउपालिकाद्धारा लोकसेवा तयारी कक्षा संचालन गर्ने तयारी, चैत १ गतेदेखि कक्षा संचालन (फोटो सहित)

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँची डट्कम व्युरो रिपोर्ट) । पाणिनी गाँउपालिकाले खरिदार र सुव्वाकोलागी तयारी कक्षा संचालन गर्ने उद्देश्यले एक महिने लोकसेवा तयारी कक्षा सुरुगर्नेगरी बिहीवार एकदिने ओरन्टेशन कक्षा सम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेको अध्यक्षता, पाणिनी गाँउ पालिका उपाध्यक्ष लक्ष्मी गौतमको प्रमुखआथित्यता,पाणिनी गाँउ पालिका शिक्षा प्रास: कृष्ण प्रसाद पोखरेल,अर्घाखाँचीडटकम व्युरो प्रमुख डिआरजी सुमनको आथित्यता रहेको कार्यक्रमको संचालनपाणिनी गाँउ पालिका सामाजिक विकास शाखा प्रमुख कमलकान्त खनाललेगर्नु भएको थियो । ओरिएंटेशन कार्यक्रममा प्रास: कृष्ण प्रसाद पोखरेलकोस्वागत मन्तव्य रहेको थियो । 
पाणिनी गाँउपालिकामा लोकसेवा तयारी कक्षासंचालनको अवधारणा ल्याउनु राम्रो कामको सुरुवात भएको पालिका उपाध्यक्षलक्ष्मी गौतमको भनाई थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कक्षा संचालनको उद्देश्य र यसको प्रभावकारिता वारे वताउनुभएको थियो ।
पाणिनी गाँउपालिकावाट लोकसेवा तयारी कक्षामा सहभागिता जनाउनईच्छुक सहभागिहरुलाई आगामी चैत्र ०१ गते देखी औपचारिक रुपमा कक्षासंचालन गर्नेगरी ओरिएंटेशन कक्षा सम्पन्न भएको छ । पाणिनी गाँउपालिका लेसार्वजनिक गरेको विज्ञापनको आधारमा ११९ जनाले फार्म भरेका भएता पनि ५०जना सहभागिले ओरिएंटेशन कक्षा लिएका थिए । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु