अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शारीरिक र बौद्धिक अपांगता भएका सेवाग्राहीलाई कार्यलयमै राहत वितरण गरेको छ।
शुक्रवार कार्यलय परिसरमै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले मालारानी गाउँपालिका वडा न. ५ का १९ बषिय युवक हरि नेपालीलाई राहत वितरण गरेका हुन।
शारीरिक र बौद्धिक अपांगता भएका नेपालीलाई उक्त वार्डका वडाअध्यक्ष शोभाखर भुसालले नागरिकता बनाइदिन कार्यलय ल्याएको थाहा पाएपछि कार्यलयको सामाजिक उत्तरदायित्व अन्तरगतको कोषबाट प्रमुख जिल्ला अधिकारी पौडेलले बलाङ्केट त्रिपाल र केही लत्ताकपडाहरु राहत स्वरुप प्रदान गरेका हुन ।
कार्यालयले यसअघि पनि दर्जनौं अपांगता भएका ब्यक्तिहरुलाई राहत वितरण गरिसकेको छ ।