हंसपुरमा संचालित सिंचाइ, खानेपानी आयोजनाहरुको प्रदेश सभा सदस्य आचार्यद्वारा निरिक्षण (फोटो फिचर)

शोभाखर पन्थी 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेश सरकारले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं.७ र ८ हंसपुरमा संचालित सिंचाइ तथा खानेपानी आयोजनाहरुको प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले निरिक्षण गर्नुभएको छ । 
निरिक्षणका क्रममा प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले बिकासको कामको अनुगमन गर्न स्थानीय बासिन्दा लाई आग्रह गर्नुभएको छ । 
उहाँले सरकारबाट संचालित योजनाको काम गुणस्तरीय बनाउनको लागि उपभोक्ताहरु सचेत हुनुपर्ने बताउनुभयो ।
 
नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य समेत रहनुभएका नेता आचार्यले जिल्लाको बिकासको निम्ति आफुहरु अहोरात्र खटेको बताउँदै केहिबर्ष भित्रमै जिल्ला लाई नमुना जिल्ला बनाउने दाबीसमेत गर्नुभयो । उहाँले प्रचण्ड,माधब समुहमा कम्युनिस्ट चरित्र समाप्त भएको बताउँदै कम्युनिस्ट आन्दोलनको मुल प्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै  भुलबस अन्यत्र लागेका हरुलाई पुनः पार्टीमा फर्कन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री ,नेता दलबहादुर भट्टराई ,क्याप्टेन ईन्द्रबहादुर थापा,मालारानी गाउँपालिका वडा नं.६,७ र ८ का वडाध्यक्षहरु क्रमशः नारायण अर्याल ,खड्क भुसाल , नरेन्द्र बस्नेत ,महिला नेतृ पद्मा पन्थी , स्थानीय नेताहरू जोसबहादुर थापा, प्रेम बहादुर गैरे,प्रेश संगठनका लुम्बिनी प्रदेश संयोजक शोभाखर पन्थी ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।