अर्घाखाँचीमा फागुन १७ गते मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आउने

सदरमुकाम सन्धिखर्क
हलिम खान 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा  फागुन १७ गते मुस्लिम समुदायको सचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम हुने कार्यक्रममा आयोगका अध्यक्ष समिम अन्सारी आउने भएका छन् । 
 मुस्लिम समुदायहरुको फाल्गुन १७ गते जन-सचेतना मुलुक कार्यक्रम र एक अर्का बिच मुस्लिम समुदाय भित्र रहेका समस्या र चुनौतीहरुका समसामयिक कुराहरु गर्नका लागि मुस्लिम आयोगको केन्द्रिय कार्य समितिको आयोजनामा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ स्थित रहेको डायमण्ड होटेलमा बिहान १०:३० बजे  कार्यक्रम राखिएको छ।
 
कार्यक्रममा नेपाल मुस्लिम आयोगका केन्द्रीय  अध्यक्ष समिम अन्सारी लगायत मुस्लिम आयोगका टिमहरु , प्रमुख जिल्ला अधिकारी , जिल्लाका मुस्लिम समुदायहरु र स्थानीय तहका जनप्रतिनिधि हरुको उपस्थिति रहने जानकारी दिनु भएको छ।
कार्यक्रममा जिल्लाका टेलिभिजन ,रेडियो , अनलाइनका सम्पुर्ण पत्रकारहरुलाई उपस्थिति हुनको लागि आयोगका केन्द्रिय अध्यक्ष अन्सारीले अनुरोध गर्नु भएको छ।