केरुङ्गाको हटियामा खानेपानीको हाहकार, पशु र मान्छेले एउटै पाेखरीको पानी पिउन वाध्य
फाल्गुन १५ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गाको हटियामा खानेपानीको हाहकार भएको छ ।
केरुङ्गाको हटियामा वर्षौदेखि खानेपानीको हाहकार हुँदै आएको हो । यहाँका १०० बढी घर- परिवार एउटा पाेखरीकाे फाेहाेर दुषीत पानीले नुहाउन र खान समेत बाध्य छन् ।
हटियामा केहि लिप्टिङबाट पानी ल्याउने याेजना भएता पनि सक्रिय रुपमा जनप्रतिनिधिले चासाे देखाएका छैनन् । पशुले पिउने पानी, नुहाउने लुगा धुने अनी मानिसले खानेपानी यहाँको एउटा पाेखरीमा हुँदै आएको छ । उता रोग फैलने खतरा बढेको छ ।
स्थानियबासीले भन्छन्; लामो समयदेखि खानेपानीको लागि निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु सबै बाम्बार अनुरोध गर्दा पनि चासो नदिएको स्थानियबासीको गुनासो छ । चुनावका बेला भोट् माग्न आउँदै हुन्छ, पानी आउन्छ भन्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन् ।
लिप्टिङबाट पानी ल्याउने योजना कुरामा सिमित छ । लिप्टिङ ट्यान्की देखाउन निर्माण गरिएको छ, पानी छैन् ।
स्थानियबासीले भन्छन्; सडक होइेन खानेपानीको व्यवस्था होस्, हाम्रो वर्षौदेखिको खानेपानी समस्यालाई सम्बन्धित निकायले ध्यान दिन पर्यो ।