अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव र पाणिनी कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८, भूमिकास्थान नगरपालिकामा १३५, मालारानीमा ९०, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७८८ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७४ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२, मालारानीमा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो । जिल्लामा पुन: कोरोना खोप लगाउने कार्यक्रम फागुन २३ गतेबाट शुरु हुँदैछ ।
शनिबारको विवरण यस्तो छ:-