अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्कको पटुवाथुममा उन्नत जातका बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कको पटुवाथुममा मानवअधिकारका लागि महिला एकल महिला समुह अर्घाखाँचीको आयोजनामा शनिबार उन्नत जातका बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले एकल महिलाको जिबीको पार्जनका लागि महिलाहरु शसक्तीकरणसँगै आय आर्जनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग र अधिकारका लागि एकल महिला समुहको आयोजनामा भएको बाख्रा बितरण कार्यक्रममा सांसद निर्मला क्षेत्रीले महिलाहरुका लागि आय आर्जन र जिबिको पार्जन अत्यावश्यक पक्ष भएको बताउनुभयो । राज्यले महिला सहभागीका लागि बिभिन्न नीति तथा कार्यक्रम अगाडी सारेको बताउदै एकल महिलाका लागि बिभिन्न अवशर श्रृजना गर्न उद्दत रहने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि.क ले एकल महिलाका समस्याहरुमा नगरपालिकाले वार्षिक रुपमा संशोधनका लागि नीति तथा कार्यक्रम तय गर्दै आएको बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगर सभा सदस्य सुमित्रा मुखिया, सन्धिखर्क नगरपालिकाका सिता बिसी, एकल महिला जिल्ला अध्यक्ष सीता श्रेष्ठ, पूर्व अध्यक्ष खगिश्वरा बस्याल, पार्वती आधारभूतका प्राचार्य बिष्णु प्रसाद पराजुली लगायतले कार्यक्रममा सफलतको शुभकामना दिदै एकल महिलाहरुलाई राज्य तथा समाजमा रहेका हेय भावना हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका ३८ जना महिलालाई बाख्रा हस्तान्तरण गरिएको थियो ।