अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले पदभार ग्रहण गरेका छन् ।
मालारानी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले शुक्रबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । यसअघि पन्थी मालारानी गाउँपालिकाका शिक्षा अधिकृत थिए ।
गुल्मी जिल्ला मदाने गाउँपालिका वार्ड नम्बर ७ भनभनेका स्वच्छ छविका मिहिनेती, इमान्दार, अनुभवी रमेश पन्थी मालारानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएपछि यहाँका स्थानियबासीले खुशी व्यक्त गरेका छन् ।
साथै पन्थीले गाउँपालिकामा पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकता दिएर कार्य गर्ने बताए । उनले भने; मालारानीबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर काम गरिने छ । पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, लगायतका क्षेत्रलाई प्राथमिकता दिईने छ ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीले विकास निर्माण र सेवा प्रवाहका कामलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गरिरहेको पनि बताए ।