ढाकावाङको साम्नेगाउँको छेडापोखरीमा पहिलोपटक बस पुगेपछि स्थानियबासीमा खुशीयाली (फोटो सहित)

माधव खनाल 
ढाकावाङ, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको साम्नेगाउँको छेडापोखरीमा आज पहिलोपटक बस पुगेको छ ।
प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ को बिनियोजित बजेटबाट बाटोको स्तर उन्नोती भएपछि आज  लु२ ख ४९३२ नम्बरको  बस पुर्याइ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि थापाले रिवन काटी उदघाटन गर्नुभएको थियो । 
उदघाटन सङ्गै मन्तव्य राख्दै थापाले बस सेवा संचालनको लागि प्रदेश सरकार र स्थानीय तहले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो साथै अध्यक्ष थापाले बाटोलाई थप स्तरोन्नति गरि बस सन्चालनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालले स्थानीयको माग अनुसार बस सेवा सन्चानको निमित्त वडाबाट प्राथमिकताको आधारमा बजेट बिनियोजित गरि बाटोको घुम्टी मोडहरु र डवलकटिङ्ग गरि आज याहा सम्म बस पुर्याउन सफल भएको बताउनुभयो साथै अध्यक्ष खनालले अझै वडा स्तरबाट बजेट बिनियोजित गरि बाटोमा नाला काटी बाटोको थप स्तरोन्नति गरिने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा स्थानीय समाजसेवी तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि मेघराज खनालले मन्तव्य राख्दै बाटोको स्तरोन्नति र बस सेवा सन्चानको निम्ति आफू र आफ्नो पार्टीको तर्फबाट थप पहल गर्ने कुरामा जोड दिनुभयो । यस्तै कार्यक्रममा मन्तव्य राख्दै स्थानीय समाजसेवी तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि कासिराम गमालले   २०६१ सालमा कोदालोले बाटोको ट्र्याक खनी जिप सेवा सन्चालन गरेको र आज सोही बाटोमै बस पुर्याउनु नै ऎतिहासिक दिन भएको गर्व गर्दै बस सेवा निरंतरताको लागि आफू र आफ्नो पार्टीबाट सक्दो पहल गर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा भुमिकास्थान नगर कार्यपालिका सदस्य सान्ता खनाल नेपाली काङ्ग्रेसका चुरामणी भुसाल गाडी चालक टिकाराम खनाल  लगायतले मन्तव्य राख्नुभएको थियो । यो ठाउँमा बस पुगेपछि भुमिकास्थान नगरपालिका वडा नम्बर १ का डाडा धपखोला छेडापोखरी बगैंचा साम्नेगाउँ र ओखटे र प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नम्बर २ का सिउते सिउडेनी बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन ।
बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित खुसियाली मनाउदै गाडी गाडीचालक र सहचालकलाइ फुल माला र अविर लगाइ स्वागत गरेका थिए । कार्यक्रम स्थानीय जेष्ठ नागरिक धनिस्वर खनालको अध्यक्षता माधव परियारको स्वागत र माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।
बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित खुसियाली मनाउदै गाडी गाडीचालक र सहचालकलाइ फुल माला र अविर लगाइ स्वागत गरेका थिए । कार्यक्रम स्थानीय जेष्ठ नागरिक धनिस्वर खनालको अध्यक्षता माधव परियारको स्वागत र माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।