बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेवारी समुदायका कन्याहरुको पहिलो विबाहको रुपमा गरिने वेल विबाह आगामी बैशाख १० गते देखि सुरु हुने भएको छ ।
इहियज्ञ वेलविबाह मूल समारोह समिति सन्धिखर्क नगरपालिका वडा नं १ पटुवाथुमको बैठकले बैशाख १० गते देखि १३ गतेसम्म वेलविबाहको आयोजना गर्ने मिति तय गरेको हो ।
वेलविबाहको लागि बिभिन्न उपसमिति निर्माण गरी तयारीलाई तिब्रता पारिएको मूल समारोह समितिका अध्यक्ष नुमलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नेवार ब्रामण राजन राजोपाध्यायले परम्परागत प्रचलन अनुसार बिवाह सम्पन्न गराउने बताउनुभयो ।
मुल आयोजक समितिले आजकै मितिबाट तयारीलाई तिब्रता पार्दै वेलविबाह गर्ने कन्याहरुको दर्ता प्रकृया सुरु गरेको प्रचार प्रसार उप समितिले जानकारी दिएको छ । नाम दर्ता सम्बन्धित टोल तथा मुल समारोह समितिबाट सिधै दर्ता गर्न सकिनेछ । वेल विबाहका लागि आवश्यक पर्ने सामग्री निर्माण गर्ने तथा पुजा बिधी निर्माण कार्य सुरु गरिएको मुल समारोह समितिका सचिव ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
वेल विबाह नेवारी कन्याहरुको पहिलो विबाह हो । नेवारी संस्कारमा कन्यादान पूर्वनै दुई पटक सम्म विवाह गरिदिने चलन छ । पहिलो वेल विबाह हो भने र दोस्रो बाह्रकोठा अर्थात गुफा राख्ने जसलाई सूर्य दर्शन पनि भन्ने गरिन्छ । वेल विबाहका लागि अर्घाखाँचीका सबै भुभाग तथा छिमेकी जिल्ला गुल्मी, पाल्पा, प्यूठान लगायतका जिल्लाबाट पनि नेवा कन्याहरुको उपस्थिती हुदै आएको प्रचार प्रचार उपसमिति सदस्य बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।