धारापानीमा स्वास्थ्य शिविर सम्पन्न,५ सय बिरामीको उपचार (फोटो सहित)

शोभाखर पन्थी
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बिशेषज्ञ सहितको स्वास्थ्य सेवा  पाएपछि अर्घाखाँची जिल्लाको धारापानीका बासिन्दामा खुसियाली छाएको छ । रोटरी क्लब बुटवल डाउनटाउन द्वारा धारापानी हिलेमा आयोजित बृहत स्वास्थ्य शिविरका बिरामीहरुले गाउँमै उच्च स्तरीय स्वास्थ्य सेवा पाएको भन्दै निक्कै खुसि भएका छन् ।
 
आर्थिक अभाव र बिकटताका कारण लामो समय सम्म रोग पालेर बस्न विवस यहाँका बासिन्दाले नि:शुल्क स्वास्थ्य परिक्षण र औषधि पाएपछि निक्कै राहतको महसुस गरेका गरेको बताए । शिविरमा आउनेहरु मध्ये अधिकाम्स बिपन्न तथा गरिब परिवारका बिरामीहरु थिए । बिरामीहरु मध्ये धेरै जसो जेष्ठ नागरिक भएको आयोजकले जनाएको छ ।
 
शिविरको एक समारोहका बीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन  गर्नु गर्नुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै उहाँले जिल्लाका गाउँ गाउँमा स्वास्थ्य शिविर लैजान क्लबलाई अग्रह गर्नुभयो । स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएको भन्दै उहाँले सहज र सुलभ स्वास्थ्य प्रवाहको निम्ति सरकारले बिशेष योजना बनाएको बताउनु भयो ।
 नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका आचार्यले सरकारले देशका सबै पालिकामा एकसाथ डाक्टर सहित अस्पतालको व्यवस्था गरेको बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएपछि जिल्लाको बिकासले गति लिएको बताउँदै जनताका हरेक किसिमका समस्या समाधानको निम्ति सरकार तयार रहेको दाबी गर्नु भयो ।
 
र‍ोटरी क्लब बुटवल डाउन टाउनका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षता र बावुराम बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा रोटी क्लव जोन १८ का एसिष्टेन गभर्नर ध्रुब कुमार धिताल ,रोटरी नेपालका पोलियो चियर राजेन्द्र ढकाल , अगुवा समाजसेवी सागर के.सी. सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केवी भुसाल ,उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ ,समाजसेवी रामबहादुर रायमाझी ,भुमिकास्थान नगरपालिका वडा नं. ३ का अध्यक्ष वडाध्यक्ष वालकृष्ण वन्जाडे,प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समितिका संयोजक शोभाखर पन्थी लगायतले स्वास्थ्य शिविर सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
शिविरमा डा. सागर न्यौपाने ,डा.रमेश पौडेल ,डा.रुद्र भण्डारी लगायतको स्वास्थ्यकर्मीको टिमले सहयोग पुर्याएको थियो । 
स्वास्थ्य शिविरमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ,सन्धिखर्क नगरपालिका र मालारानी गाउँ पालिकाका समेत गरि करीब ५ सय जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।