अर्घाखाँचीडट्कम संवाददाता
धातिवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङ्गमा ३९औ राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा मगर समुदायको जनजाती भेषभुषा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
धातिवाङ्ग स्थित बधुङगाको छेडामा शनिबार ३९औ राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा मगर समुदायको जनजाती भेषभुषा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
जनजाती भेषभुषा तथा सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारले गीत, नाचगान प्रर्दशन गरेका थिए । साथै दिवसको पावन अवसरमा विभिन्न खानाका परिकार,बटुक सेलरोटि माछा,कुखुराको मासुको परिकार बङुरको मासुको परिकारसहित नाचगान गरेर कार्यक्रमको रौनक बढेको थियो।
कार्यक्रममा वडाअध्यक्ष शुभ वहादुर शारु थापा लगायतको उपस्थिती रहेको थियो ।