धारापानीको ठुलाखर्क चौतारामा महिला स्वास्थ्य स्वयंसेविका समुहको बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको ठुलाखर्क चौतारामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य आमा समुहको बैठक सम्पन्न भएको छ । 
धारापानीको ठुलाखर्क चौतारामा मासिक रुपमा संचालन हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य आमा समुहको बैठक सम्पन्न भएको छ । 
जसमा समुदायमा किशोरीहरुलाई आइरन खुवाउने साथै फाल्गुन २३ बाट सुरु हुने ५५ बर्ष माथिका ब्यक्तिहरुलाई  कोभिड-१९ विरुद्धको खोपको विषयमा छलफल भएको थियो । 
 छलफल स्वास्थ्य आमा समुहका सदस्य, सा.म.स्वा.स्व.से. साथै स्वास्थ्य चौकीका अ.हे.ब. को उपस्थितिमा संचालन भएको थियो ।