ढाकावाङको पिपलनेटा साम्नेगाँउमा बाटो निर्माणका क्रममा पाइप काटिएपछि ठुलाखाेलामा खानेपानी समस्या

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको पिपलनेटा साम्नेगाँउमा मोटरबाटो निर्माण गर्ने क्रममा पाईप फुटदा खानेपानीको समस्या भएको छ । 
ढाकावाङको पिपलनेटा साम्नेगाँउमा मोटरबाटो निर्माण गर्ने क्रममा ठुलाखाेला खानेपानी याेजनाकाे करिब ६०० मिटर पाइप फुटेर ठुलाखाेलामा खानेपानीको समस्या भएको हो । 
ठुलाखाेलाका २८ घरपरिवार खानेपानीबाट बञ्चित  भएका छन्।
ठुलाखाेलाबासीले सम्बन्धित निकायलाई तुरुन्त पाइप मर्मत गरी खानेपानी सुचारु गर्न अनुरोध समेत गरेका छन् ।