जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-५ वार्ड कार्यालयले बाँगीको आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत छात्राको सहजताको लागि विद्यालयमा सेनिटरी प्याड हस्तान्तरण गरिएको हो ।
वार्ड नं ५ का वार्ड अध्यक्ष शोभाकर भुसालले विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहमामा अध्ययनरत छात्राहरुको सहजताको लागी स्यानिटरी प्याड वितरण गरिएको र विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारीका बेला पढाईमा प्रतिकुल असर नहोस् भनेर नि:शुल्क स्यानिटरी प्याड वितरण गरिएको वताउनु भएको थियो ।
त्यस्तै विद्यालयका प्र.अ मान बहादुर पाण्डेले वडा नं ५ ले सामूदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको बेला उत्पन्न समस्या बाट पढाईमा बाधा नहोस् भनेर स्यानिटरी प्याड वितरण गरेकोमा सरहाना व्यक्त गर्दै वार्ड कार्यालयप्रति धन्यवाद एबम् कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो ।
उक्त वितरणको अवसरमा विद्यालयका प्र.अ मान बहादुर पाण्डे, वार्ड अध्यक्ष शोभाकर भुसाल, वार्ड सदस्य डाल बहादुर चौहान, वार्ड सचिव दिलिप आचार्य, विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनियरिङतर्फका संयोजक जिवन खनाल समेतको उपस्थिति रहेको विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनीयरीङ तर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायले जानाकारी दिनुभयो ।