ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिए | भने- तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।
झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्।
‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्। पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’
उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी गरेका छन्। सेतोपाटीमा समाचार छ ।