श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाकै दोस्रो पुरानो सामुदायिक वन, लदाम रानीगैरा सामुदायीक वन सन्धिखर्क १ को उपभोक्ता समुहको भेला सम्पन्न भएको छ ।
भेलाले उरोजा बसेलको अध्यक्षतामा रानीगैरा सामुदायीक वन उपभोक्त समुहको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा,राजेन्द्र नेपाली, सचिवमा दिपक पराजुली र कोषाध्यक्षमा चिरञ्जीवी पौडेल चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा,राम प्रसाद पराजुली, घनश्याम भुसाल ,गोपाल कुवर, विमला पराजुली, लक्ष्मी कुवर, पार्वता भुसाल, रुपा नेपाली चयन हुनुभएको हो । ईश्वरी प्रसाद भुसाल अध्यक्षतामा सम्पन्न भेलामा स्थानिय मनिराम पराजुली,जनकप्रसाद बस्याल,लक्ष्मण पराजुली ,बिष्णु बस्याल,कृष्ण भुसाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
लदाम रानीगैरा सामुदायीक वनका ५७.५६९ हेक्टर क्षेत्रफलमा फैलीएको छ ।