नुवाकोटमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण

अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले नगरको  वार्ड नं. ७ र ८ नुवाकोटमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । 
नगरभित्रका सवै वडामा पुगि परिचयपत्र बितरण गर्ने योजना बनाएको नगरपालिकाले सनिवार दुबैवडाका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको नगरपालीकाका कम्प्युटर अपरेटर शेषकान्त घिमिरेले जानकारी दिनुभयो ।
जसअन्तरगत २० जनालाई क,ख,ग र घ वर्गमा पर्ने अपाङ्गलाई परिचय पत्र वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्री,शाखा अधिकृत तुवलाल सापकोटा,अर्घाखाँची अस्पतालका डा.अमृत भट्टराई, अपांग समन्वय समितिका सदस्य पानबहादुर क्षेत्री,वडाअध्यक्षहरु तुल्सीराम बेल्वासे,झबिन्द्र बन्जाडे लगायत नगरपालीकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।