अर्घाखाँचीमा प्रचण्ड-नेपाल पक्ष नेकपा जिल्ला कमिटीको अध्यक्षमा पिताम्बर सारु मनोनयन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको अध्यक्षमा पिताम्बर सारु मनोनयन भएका छन् । 
शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुके निवासी पिताम्बर सारु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको निर्णय अनुसार नेकपा अर्घाखाँचीको जिल्ला कमिटीको अध्यक्षमा मनोनयन भएका हुन् । 
सारु पुर्व जलुके गाविस अध्यक्ष तथा जिविस सदस्य, तत्कालिन नेकपा एमाले पुर्व अन्चल सदस्य पनि भएका थिए ।