चौथौ पाणिनी दुर्वाशेस्वर पर्यटन महोत्सव २०७७ को अन्तिम तयारीमा जुट्यो पाणिनी पर्यटन समाज

डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (व्युरो रिपोर्ट- अर्घाखाँचीडट्कम ) । पाणिनी पर्यटन समाज अर्घाखाँचीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक दिने वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
“अर्घाखाँचीको सौन्दर्यता हाम्रो शान पर्यटन विकासमा हाम्रो अभियान” भन्नेसिद्धान्त लिएर स्थापित पाणिनी पर्यटन समाज अर्घाखाँची को चौथो पाणिनीदुर्वाशेस्वर पर्यटन महोत्सव २०७७ को अन्तिम तयारीमा जुटेको हो । पाणिनिपर्यटन समाज अर्घाखाँची आयोजक रहेको महोत्सवमा पाणिनी गाँउ पालिकासह आयोजक को भूमिकामा रहने पाणिनी पर्यटन समाज अर्घाखाँची लेवताएको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनामको अध्यक्षता रसचिव केशव वन्जाडेको संचालनमा वसेको मेला आयोजक मुल समारोहसमितिमा ५९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । 
रोमाकान्त भट्टराईको संयोजकत्वमा आर्थिक  व्यावस्थापन उप-समिती, धुर्वराजघिमिरेको संयोजकत्वमा होटल व्यावस्थापन उप-समिती, डिआरजी सुमन कोसंयोजकत्वमा प्रचार प्रसार उप-समिती,पुस्कर घिमिरेको संयोजकत्वमा मन्चव्यावस्थापन उप-समिति, सागर घिमिरेको संयोजकत्वमा स्वयंम सेवकपरिचालन उप-समिति,केशव वन्जाडे र दिपक जीसी संयोजकत्वमा स्वास्थ्य उप-समिती,पारस भट्टराई को संयोजकत्वमा यातायात व्यावस्थापन उपसमिति,तिलक वेल्वासेको संयोजकत्वमा सांस्कृतिक उप समिति सार्वजनिक गर्दैमहत्वपूर्ण निर्णय सहित वैठक सम्पन्न भएको छ । 
महाशिवरात्रि को दिन दुर्वाशेस्वर गुफ़ा क्षेत्रमा आउने धार्मिक पर्यटन लक्षित गर्दैयही फागुन २७ गते भव्य कार्यक्रम हुनेगरी विभागीय समिती परिचालन गरिएकोपर्यटन समाज का अध्यक्ष झविन सुनामको भनाई सार्वजनिक भएको छ । 
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु